site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावित क्षेत्रमा खटिने नेपाल एयरलाइन्स र सेनाका विमानको इन्धन रकम निगमले व्यहोर्ने

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा खटिने नेपाल एयरलाइन्स र नेपाली सेनाको विमान तथा हेलिकोप्टरमा प्रयोग गरिने इन्धनबापतको रकम नेपाल आयल निगमले व्यहोर्ने भएको छ ।

शनिबार विज्ञप्तिमार्फत निगमले आर्थिक वर्ष २०८०/८१ को आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त रकम व्यहोर्ने निर्णय गरिएको जानकारी गराइएको छ ।

“यस विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारकार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकोप्टरमा प्रयोग हुने हवाई इन्धनबापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

uadfm-1699102941.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro