site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश सरकार विपद् व्यवस्थापनको लागि तल्लीन छ : मुख्यमन्त्री कार्की
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विपद् व्यवस्थापनको लागि तल्लीन रहेको बताएका छन् ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालयले सप्तकोसीमा आयोजना गरेको गोताखोर तालिम विपद् उद्धार डेमोसहितको अन्तिम प्रवचन कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीसँग मिलेर काम गरिरहेको बताउँदै प्रदेश सरकार विपद् व्यवस्थापनको लागि तल्लीन रहेको बताए ।

हरेक वर्ष हुने बाढी पहिरोको जोखिमलाई न्यूनीकरण गर्न आफूहरुले कसरी उक्त जोखिमलाई समयमै न्यूनीकरण गर्न सकिन्छ भनेर लागि परेको जिकिर गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार आउदा दिनहरुमा विपद् व्यवस्थापन र उद्धारको बहानामा चाउचाउ र चामल दिने, तस्बिर खिचाएर भाइरल बन्न खोज्नेको भिडको अन्त्य गर्ने गरी काम गरिरहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालयका बाहिनीपति,  सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपालले विपद् जोखिमका सम्भावित क्षेत्रहरु पहिचान गर्दै सो को प्रतिकार्यसम्बन्धी आफ्नो जनशक्ति तयार गर्दै आइरहेको बताए ।

यसभन्दा अगाडि तीनवटा तालिमहरु सम्पन्न भई गोताखोर तालिम प्राप्त जनशक्ति संख्या ७४ जना रहेकोमा शुक्रबार भएको तालिम समापनपश्चात सशस्त्र प्रहरी बलमा ९२ जना गोताखोरहरु पुगेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro