खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर यूएईले ब्याटिङ रोजेको हो ।
यूएई समूह ‘बी’को विजेता र नेपाल समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनलमा भिड्न लागेका हुन् । विश्वकपमा छनोट हुन दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
नेपालले पहिलो र अन्तिमपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
गत संस्करणका निम्ति भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १०:४५
प्रतिक्रिया दिनुहोस्