site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा डुंगा पल्टिँदा दुईजनाको मृत्यु
फाइल तस्बिर ।

नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा डुंगा पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु हुनुका साथै सातजना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर  उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुंगा पल्टिएको थियो ।  अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए ।

“बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुंगा पल्टियो, दुईजनाको शव निकालेका छौँ र हराइरहेका सातजनाको खोजी भइरहेको छ,” सारणका जिल्ला अधिकारी अमन समिरले भने, “पौडी खेलेर बचेका १० जना सुरक्षित छन् ।”

डुंगा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएका छन् । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro