site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार हजार मानिसमा देखियो स्क्रब टाइफस

काठमाडौं । डेंगीसँगै स्क्रब टाइफस संक्रमितको संख्या यसवर्ष बढेको छ । सन् २०२३ को जनवरीयता अक्टोबर अन्तिमसम्म तीन हजार ९०० जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाले जनाएको छ ।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो संक्रमण धादिङ, नुवाकोट, संखुवासभा, बाग्लुङ, पर्वत, लमजुङ, कैलाली कञ्चनपुरलगायतका जिल्लामा धेरै देखिएको छ ।

नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रब टाइफस संक्रमितको संख्या वर्षेनी बढ्दै गएको डा. दाहालको भनाइ छ । गतवर्ष सन् २०२२ मा संक्रमितको संख्या तीन हजार ५०० पुगेको थियो ।

स्क्रब टाइफस मुसा, खरायोलगायत रौँ भएका जीवजन्तुमा पाइने एक प्रकारको संक्रमित किर्नाको टोकाइबाट मानिसमा सर्ने संक्रमण हो । यस्ता जीवजन्तुमा पाइने किर्ना ‘ओरिन्सिया सुसुगामासी’ नामक जीवाणुबाट संक्रमित छ भने उक्त किर्नाले मानिसलाई टोकेमा यो संक्रमण सर्दछ ।

वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार स्क्रब टाइफसको संक्रमण भएमा सुरुमा छाला चिलाउने, आँखा रातो हुँदै जाने, मांसपेसी सुन्निनेजस्ता लक्षण देखा पर्न थाल्छन् ।

बिस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, श्वासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

यसका लक्षण अन्य संक्रमणजन्य रोगसँग पनि मिल्दाजुल्दा हुने भएकाले पहिचानका लागि समयमै चिकित्सककहाँ पुग्न उनको अनुरोध छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro