site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल र यूएईबीचको सेमिफाइनल सकभर घरमै बसेर हेर्न क्यानको अनुरोध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दर्शकहरूलाई नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल घरमै बसेर हेर्न अनुरोध गरेको छ ।

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल प्रवेशका लागि भोलि (शुक्रबार) हुने खेल घरमै बसेर हेर्न अनुरोध गरेको हो ।

नेपाल र यूएई शुक्रबार मूलपानी क्रिकेट मैदानमा प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्दै छन् ।

प्रतियोगिताको फाइनल पुग्ने टिमले आगामी वर्ष उत्तर अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने हुँदा मूलपानीमा दर्शकको बाक्लो उपस्थिति रहने अनुमान छ ।

मूलपानीमा दर्शकको चापलाई धान्न सक्ने स्थान नभएका कारण क्यानले सकेसम्म घरमै बसेर खेल हेर्न अनुरोध गरेको हो ।

क्यानले यो खेलका लागि तीन हजार ५०० टिकट मात्र अनलाइन उपलब्ध रहेको जनाएको छ ।

यस्तै, सेमिफाइनलमा लागि कुनै पनि पास वितरण नगरिएको समेत क्यानले जनाएको छ । मूलपानीमा शुक्रबार नेपाल र यूएईबीचको खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नेपालले समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल यात्रा तय गर्दा यूएई समूह ‘बी’ को विजेता हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro