site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताको आवाजमा सरकार प्रतिक्रियाविहीन बन्यो : सांसद शुक्ल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लले सांसदले उठाएका प्रश्नको जवाफ सरकारले दिन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले सरकार जनताको आवाजमा प्रतिक्रियाविहीन रहेको टिप्पणी गरे ।

उनले कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रियाविहीन हुनु सरकारको कमजोरी भएको बताए । सरकार प्रतिक्रियाविहीन हुँदा संसद्को आकर्षण घट्ने उनले उल्लेख गरे ।

“सरकारले, यहाँ उठेका अधिकांश विषयहरू सरकारले नोटिस पनि दिँदैन, प्रतिक्रिया पनि दिँदैन । प्रतिक्रियाविहीन छ । के हुन्छ कार्यान्वयन भन्ने कुरा हाम्रो कल्पनामा मात्रै सीमित छ,” उनले भने, “कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रियाविहीन हुँदा दुःख लाग्छ । सरकार यदि प्रतिक्रियाविहीन भएर संसद्‌मा बस्छ भने संसद्को आकर्षण घटेर जान्छ र लोकतन्त्रप्रतिको वितृष्णा आउँछ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।”

कानुन निर्माणमा मूल संसद्भन्दा संसदीय समितिको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । समितिको नेतृत्व चयन नै ढिला भएकाले कानुनहरू पर्याप्त रूपमा अघि बढाउन नसकिएको उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro