site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान तलमाथि हुँदा आकाश खस्ने वा धर्ती फाट्ने भाष्य नबनाऔँ : राप्रपा
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका उपनेता बुद्धिमान तामाङले संविधान तलमाथि हुँदा आकाश खस्ने वा धर्ती फाट्ने जस्तो भाष्य नबनाउन आग्रह गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अहिलेको सदनको यो अधिवेशन इतिहासमै सबैभन्दा कमसल भएको जनताले महसुस गरेको बताए ।

Dabur Nepal
NIC Asia

उनले यसमा राष्ट्रिय सहमति गर्न सरकारले पहलकदमी नगरेको जिकिर गरे । देशमा महँगी बढेर जनताको चुलो निभ्ने, भ्रष्टचार बढ्ने, महिला हिंसा बढेर सुशासन शून्य हुँदा सरकार मौन भएको धारणा उनले राखे ।

“विधेयकहरु बनाउँदा सरोकारवालासँग छलफल भएन, जनहितका कानुन बनेनन्,” उनले भने, “सदनले सकारातमक सन्देश दिन सकेन । मुलुक अन्तिर्राष्ट्रिय खेलाडीहरुको रणमैदान त हुने हैन ? अराजकताले हद नाघिसक्यो ।”

उनले पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राज्य, राजसंस्था र प्रदेश खारेजी सबैको सहमतिमा गर्नुपर्ने अहिलेको आवश्यकता भएको र कसैको हार नहुने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro