site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको समीक्षा : रुपान्तरण अभियानले अन्तरविरोध हल हुँदै गएको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जारी पार्टी रुपान्तरण अभियानबाट विगतमा भएका अन्तरविरोध हल हुँदै गएको निचोड निकालेको छ ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले शीर्ष नेताहरुबीचको समीक्षाको निचोड सुनाउँदै पार्टी चलायमान भएको बताए ।

“विविध ढंगले अभियान चलिरहेको छ । विगतका अन्तरविरोध हल हुँदै गएको छ,” उनले भने, “पार्टी चलायमान भएको छ । सक्रिय भएको छ ।”

उनले अभियान चरण–चरणमा जाने बताए । जनतासँग एकाकार हुने कुराको महत्व रहेको सुझाव आएको उनले बताए ।

उनले जनताले पार्टीको कुरा सुनेको पनि बताए । “जनताले हाम्रा कुरा सुनेका छन् । जनताको विश्वास आर्जन गर्दै पार्टी अब उकालोतिर यात्रारत छ,” सापकोटाले भने ।

माओवादीले दुई महिनायता पार्टी रुपान्तरण अभियान चलाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro