site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्यालेस्टाइनको गाजा क्षेत्रमा अक्टोबर ७ देखि सुरु भएको नरसंहार रोकिने लक्षणसम्म पनि देखिएको छैन । प्यालेस्टाइनी लडाकु समूह ‘इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)’ का लडाकुले इजरायलभित्र घुसेर १४ सयको हत्या र सयौंलाई अपशरण गरेपछि भिडन्तको पछिल्लो शृङ्खला सुरु भएको थियो ।

सांगीतिक कार्यक्रममा रमाइरहेका इजरायलीमाथि हमास लडाकुले आक्रमण गरी नृशंस नरसंहार गरेलगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको घोषणा गरेपछि गाजा क्षेत्रमा नाकाबन्दी एवं सैनिक कारबाही सुरु भयो । इजरायली सेनाले गैरसैनिक क्षेत्रमा आक्रमण गर्दा हजारौंको ज्यान गएको छ । 

विश्वकै बाक्लो जनघनत्व भएको गाजा क्षेत्रमा बस्ने नागरिकलाई तत्काल खाली गर्न चेतावनी खिएर इजरायलले पहिले बम बर्सायो । त्यस क्षेत्रमा लडाकु समूह हमासले सुरुङको सञ्जाल नै बनाएको भन्दै हमासका आतङ्ककारी क्रियाकलाप बन्द गराउने अठोटका साथ इजरायलले यति धेरै दिन हुँदा पनि आक्रमण जारी राखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पानीदेखि अन्न र इन्धनसम्म बन्द भएको र लगातार बमवर्षा गरिएकाले गाजा क्षेत्रमा भयङ्कर मानवीय सङ्कट उत्पन्न भएको छ । फलस्वरूप, इजरायलको प्रमुख समर्थक मानिने अमेरिकाले समेत तत्काल युद्धविराम गर्न इजरायललाई सार्वजनिक आग्रह गरेको छ । संयुक्त राष्ट्र महासभाले पनि तत्काल युद्ध विरामको आह्वान गरेको छ ।  

पछिल्लोपटक भिडन्त सुरु भए यता अहिलेसम्म ७ हजारभन्दा बढी मानिस मारिएका छन् । इजिप्ट, इजरायल र समुद्रबाट घेरिएको र वर्षौंदेखि आंशिक नाकाबन्दी भोगेको ‘विश्वको सबैभन्दा ठूलो खुला कारागार’ भनिने गाजाबाट लाखौं विस्थापित भएका छन् । बालबालिका र घाइतेहरू थप सङ्कटमा परेका छन् ।

Global Ime bank

यसपटक इजरायलका गैरसैनिक नागरिकमाथि हमासले गर्ने र बन्धक बनाउने जघन्य अपराधको अन्तर्राष्ट्रिय समुदायले कडा शब्दमै भर्त्सना गरेको थियो । त्यस आततायी हमलामा १० जना नेपालीको समेत ज्यान गएको थियो । यसबाट नेपाली जनमानसमा समेत इजरायलप्रति सहानुभूति बढेको देखिन्थ्यो । 

विडम्बना, त्यसलगत्तै भएको सैनिक कारबाहीबाट झन् धेरै मानवीय क्षति र सङ्कट उत्पन्न भयो । इजरायलप्रति सुरुमा देखिएको सहानुभूति घट्दै गयो । हमासलाई ध्वस्त नपारी सैनिक कारबाही नरोक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको हठले मानवीय स‍ङ्कट गम्भीर हुँदैगएको हो ।  

यस्तो नरस‌ंहार र मानवीय सङ्कट एक्काइसौं शताब्दीको सभ्य मानव समुदायका लागि सह्य र स्वीकार्य हुनसक्दैन । यसैले इजरायलले गैरसैनिक क्षेत्रमा बम बर्साउने र मानवीय आवञ्यकताका सामग्रीमा नाकाबन्दी लगाउने कार्य तत्काल बन्द गर्नुपर्छ । हमासले पनि बन्धक बनाइएकाहरूलाई तत्काल मुक्त गरेर वातावरण सामान्य बनाउन प्रयास गरोस् ।

हमास र इजरायलको नेतृत्व गर्नेहरूलाई शान्ति र सद्भावको साँटो द्वन्द्व र अशान्तिबाट क्षणिक लाभ हुनसक्ला तर बहुसङ्ख्यक इजरायली र प्यालेस्टाइनीको पक्कै भलो हुँदैन । यसैले पनि अन्तर्राष्ट्रिय समुदाय यो नरसंहार तत्काल रोक्न र सन् १९९३ को ओस्लो सम्झौताअनुरूप समाधान खोज्न  अग्रसर हुनुपर्छ ।  

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement