कला
काठमाडौं । अभिषेक चुडालले चौथो मिस्टर इन्टरनेसनल नेपाल–२०२३ को उपाधि जितेका छन् । फिलिपिन्समा भएको पुरुषहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अभिषेकले मिस्टर कन्जिनियालिटीको अवार्ड जितेका हुन् ।
हिमालय एयरलाइन्समा क्याबिन क्रु समेत रहेका अभिषेक मिस्टर नेपाल २०२२ मा फस्ट रनरअप पनि हुन् । अभिषेकलाई मिस्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जीईईले मिस्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो ।
मिस्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि जितेका छन् । स्पर्धामा ३५ देशको सहभागिता थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १२:४६
प्रतिक्रिया दिनुहोस्