खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७४ रन जोड्दा पाँच विकेट गुमाएको हो । नेपालले कुशल मल्ललाई पाँचौँ विकेटका रूपमा गुमायो । मल्लले नेपाली टिमको खातामा १० रन थपे ।
जारी खेलको १२ ओभर सकिँदा नेपालले पाँच विकेट गुमाएर ७७ रन बनाएको छ ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ११:५०
प्रतिक्रिया दिनुहोस्