site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रमुख चार सहरमा एक्सिसको कन्सर्ट 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सांगीतिक व्यान्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्यान्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौंमा हुन लागेको हो । 

शनिबार ललितपुरको अपटाउन झम्सिखेलबाट टुर सुरु हुनेछ । व्यान्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले ई–सेवाबाट टिकट लिन सक्नेछन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीइ नेटवर्क)को प्रस्तुति रहने कन्सर्टमा व्यान्डले ‘तिमी फेरि आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुद्र’ र ‘घर गाउँ’ लगायत गीत सुनाउनेछ । 

व्यान्डले दसैँअघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो । 

“अबको कन्सर्टमा पनि दसैँअघिको भन्दा अझ राम्रो संख्यामा दर्शकको साथ पाउनेमा ढुक्क छौँ” पीभीई नेटवर्कका विकेश कायस्थले भने, “कन्सर्टको बीचमा भारतमा पनि कार्यक्रम गर्दा दर्शकको साथ राम्रो पायौँ । सबै ठाउँमा इभेन्टका टिकट बिक्री भएकाले दर्शक उल्लेख्य थिए ।”  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro