site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इनासको अध्यक्षमा गीतकार पाण्डेय निर्वाचित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपालको अध्यक्षमा गीतकार एवं संचारकर्मी दयाराम पाण्डेय निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार सम्पन्न इनास नेपालको अधिवेशनबाट पाण्डेय सन् २०२३–२०२५ को लागि सर्वसम्मत निर्वाचित भएका हुन् । पाण्डेय यसअघि इनास नेपाल तदर्थ समितिको संयोजक थिए ।

इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भएका छन् । महासचिवमा खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनील मानन्धर सर्वसम्मत चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा नायक पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण केसी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । 

नवनिर्वाचित अध्यक्ष पाण्डेयले एक्लैले केही गर्न नसकिने भन्दै संस्था ‘टिमवर्क’मात्रै अगाडि बढ्ने बताए । उनले भने, “त्यसैले सबै सँगै एकढिक्का भएर अगाडि बढौँ ।” 

नेपाली कला, संस्कृति, चलचित्र, संगीतको समृद्धिको लागि स्थापित यस संस्थाको केन्द्रीय कार्यालय नेदरल्यान्डस्मा छ । हाल विश्वका ७३ वटा देशमा यसको शाखा विस्तार भैसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro