site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरमा गरेर १५ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१५, किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेन्ट एन्ड बारमा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरेको छ । 

मनाङको निस्याङ गाउँपालिका–२ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–५, छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत सातजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख एक हजार ६०० रूपैयाँ र सात बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 

त्यस्तै, ललितपुरको गोदावारी नगरपालिका–१०, टाखेल पानी ट्‍यांकीनजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । 

गोदावारी नगरपालिका–१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत आठजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख सात हजार रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro