कला
काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो ।
षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् ।
दीपेश खत्री (म्याक्स्) र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् । चलचित्रको लेखक निर्देशक भट्टराई हुन् ।
चलचित्रमा विपीन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, हरिबंश आचार्य, राजाराम पौडेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
आजबाटै छायांकन सुरु हुने चलचित्र ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० ११:०५
प्रतिक्रिया दिनुहोस्