खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याइरहेको नेपालले भुर्तेललाई छैटौँ ओभरको दोस्रो बलमा गुमाएको हो । भुर्तेल २५ बलमा चार चौका र चार छक्कासहित ४३ रन बनाएर पभेलियन फर्किए ।
जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ५९ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १५:३१
प्रतिक्रिया दिनुहोस्