राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने भएका छन् ।
भेटवार्ता दिउँसो ३ बजे गृह मन्त्रालयमा हुने गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।
महासचिव गुटेरेल लुम्बिनीबाट फर्केपछि गृहमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको हो । गृहमन्त्रीसँग भेटवार्ता गरेपछि महासचिव गुटेरेसले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १३:०१
प्रतिक्रिया दिनुहोस्