site stats
बाह्रखरी :: Baahrakhari
देश
रिगलविरुद्धको मुद्दा खतिवडा, मल्ल र चुडालको पूर्ण इजलासमा

काठमाडौं । हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरूद्धको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा तोकिएको छ ।

रिगलले हत्या गरेका चेतन मानन्धरकी तत्कालीन श्रीमती भारती शेर्पाले रिगलको रिहाइविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनले राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाएर रिट हालेकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि,  असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो ।

यस्तो प्रकारको मुद्दामा यसअघि महान्यायाधिवक्तालाई कैद मिनाहाको अधिकार रहेर फैसला गरेका न्यायाधीशबाट सुनुवाइ हुन नसक्ने जिकिरपछि अर्को पूर्ण इजलास गठन गरी सुनुवाइ हुनेगरी रोकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्