देश
काठमाडौं । अमेरिकाले इजरायलमा हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति संवेदना व्यक्त गरेको छ ।
अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति संवेदना व्यक्त गरेका हुन् ।
“अमेरिकाले इजरायलमा हमासको आतंकवादी हमलामा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति संवेदना व्यक्त गर्दछ,” विदेशमन्त्री एन्टोनीले भनेका छन् ।
इजरायलमा बेपत्ता भएका विपीन जोशीका बारेमा पनि उनले चिन्ता व्यक्त गरेका छन् ।
दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० ०८:२०
प्रतिक्रिया दिनुहोस्