site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासले सार्वजनिक गर्‍यो बन्दीहरूको भिडियो, गाजामा मारिनेको संख्या ८ हजार ३०० नाघ्यो

काठमाडौं । इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या आठहजार ३०० नाघेको छ । अक्टोबर ७ पछिको निरन्तर इजरायली आक्रमणबाट गाजामा कम्तीमा आठहजार ३०६ जनाले ज्यान गुमाएको अल्जजिराले दाबी गरेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलमा १४ सयजनाले ज्यान गुमाएका छन् ।

इजरायलले आक्रमणलाई थप सशक्त बनाउने बताएको छ । गएको राति भएको दोहोरो झडपमा दर्जनौ 'आतंकवादी' मारिएको इजरायलको दाबी छ ।

अर्कोतिर हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । जसमा तीनजना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेकी छन् । 

Global Ime bank

हमासले सार्वजनिक गरेको भिडियोबारे इजरायलले 'मनोवैज्ञानिक प्रोपोगान्डा' भनेको छ । इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ । 

हमासले कम्तीमा २२९ जनालाई बन्दी बनाएको इजरायलको दाबी छ ।

एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu