site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश बाहिर पनि मुख्यमन्त्री र संघीय मन्त्रीको समान हैसियत

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ लाई पास गरेको छ । समितिको सोमबार बसेको बैठकले विधेयकलाई समितिबाट पास गर्दै मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

समितिबाट पास भएको विधेयकले प्रतिनिधिसभा विपक्षी दलको नेतालाई सातौँ वरीयतामा राख्ने प्रस्ताव गरेको छ । अहिलेको वरीयतामा भने आठौँ नम्बरमा विपक्षी दलका नेता रहेका छन् ।

विधेयकमा सातौँ वरीयतामा संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख, व्यवस्थापिका संसद्का पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्षसमेत रहने प्रस्ताव गरिएको छ ।

“प्रायः प्रतिनिधिसभामा संसदीय दलको नेता सबै पूर्वप्रधानमन्त्रीहरू छन् । त्यसैले विपक्षी दलका नेतालाई सातौँ नम्बरमा राख्नुपर्छ,” बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले भने ।

समिति बैठकले प्रदेशका मुख्यमन्त्री र संघीयमन्त्रीको समान हैसियतमा राख्ने प्रस्तावसहित विधेयक पास गरेको छ । आजको बैठकमा संघका मन्त्री र मुख्यमन्त्री नवौँ वरीयतामा रहने सहमतिमा सांसदहरू पुगेका हुन् । अहिले प्रचलनमा भने सम्बन्धित प्रदेशभित्र मात्र मुख्यमन्त्री र संघका मन्त्रीको आठौँ वरीयतामा समान हैसियत हुने उल्लेख थियो ।

यसको अर्थ सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको प्रदेश बाहिर भने संघको मन्त्री बराबर हैसियत हुने थिएन । सोमबारको बैठकले मुख्यमन्त्रीको पछाडि झुण्डाइएको सम्बन्धित प्रदेश भन्ने शब्द पनि हटाएर विधेयक समितिबाट पास गरेको छ । सोही वरीयतामा विपक्षी दलको उपनेतालाई पनि राख्ने प्रस्तावसहित समितिबाट विधेयक पास भएको छ ।

विधेयक दर्ता गर्दा भने सम्बन्धित प्रदेशको मुख्यमन्त्रीलाई आफ्नो प्रदेशभित्र संघको मन्त्रीभन्दा मागि राखिएको थियो । तर, पछाडि जोडिएका प्रदेश भित्र र बाहिर हटाउने निर्णय गर्दै मर्यादाक्रम नयाँ प्रस्तावसहित विधेयक समितिबाट पास भएको हो । समितिबाट पास भएको विधेयकअनुसार संघको मन्त्री र प्रदेशका मुख्यमन्त्री नवौँ वरीयतामा पुगेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro