site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्वान्टी–२० विश्वकपमा छनोट हुनेमा विश्वस्त गुल्सन
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले आफूहरूले आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने शतप्रतिशत सम्भावना रहेको बताएका छन् ।

घरेलु मैदानमा सोमबारदेखि सुरु आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो । जितपछि सञ्चारकर्मीसँग गुल्सन नेपालले ट्वान्टी–२० विश्वकप खेल्नेमा विश्वस्त देखिएका हुन् ।

“खेल एकदमै राम्रो भयो । मोन्टी (देशाई) सरले आएर मेरो रोलबारे के गर्नुपर्ने भन्नुभएको थियो, मैले त्यही गरिरहेको छु । मेरो रोल नै यही हो, टिमलाई कति योगदान दिन सकिन्छ भन्नेमा ध्यान हुन्छ । ब्याटिङ पाएको बेला ब्याटिङ र बलिङ गर्ने,” गुल्सनले भने, “ट्वान्टी–२० विश्वकपमा छनोट हुनु नेपाली टिमको लागि एकदमै ठूलो मौका हो । एकपटक खेलेका थियौँ । अहिले घरेलु मैदानमै भएको प्रतियोगिताबाट छनोट हुने अवसर छ । छनोट हुने सम्भावना शतप्रतिशत छ ।”

सिंगापुरविरुद्ध ७४ रन बनाएका ओपनर कुशल भुर्तेलले नेपालले प्रतियोगिताका सबै खेललाई फाइनलजत्तिकै महत्त्व दिएको बताए ।

“प्रतियोगिताको पहिलो खेल थियो, प्रतियोगिताका सबै खेल महत्त्वपूर्ण छ । सबै खेललाई फाइनलजसरी नै लगिरहेका छौँ । मूलपानीमा रन बनाउन सकिरहेको थिइनँ, तर मोन्टी सर र रोहितले सपोर्ट गरे । आज रन बनाउन पाउँदा खुसी छु । टिममा राम्रा खेलाडीहरू छन् । सबैले राम्रो गरे भने प्रतियोगिता हाम्रो हुन्छ,” भुर्तेलले भने ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येकमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले अब कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro