site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोटअघि कप्तान रोहित भन्छन्– घरेलु मैदानमा नेपाललाई ठूलो अवसर छ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने ट्वान्टी–२० विश्वकप छनोट नेपालका लागि ठूलो अवसर भएको बताएका छन् ।

आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाका हुने ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट सोमबारदेखि नेपालमा सुरु हुँदै छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले घरेलु वातावरण भएकाले विश्वकपमा छनोट हुन टिम उत्साहित रहेको प्रतिक्रिया दिए । 

“पछिल्लो ६–७ महिनायता ब्याटिङमा हामी राम्रो गरिरहेका छौँ । तर, त्रिदेशीय शृंखलाको फाइनलमा आशअनुरुपको प्रदर्शन हुन सकेन । फाइनलको अन्तिम १० ओभरमा ब्याटिङ कोल्याप्सजस्तै हुन पुग्यो,” रोहितले भने, “तर, हिजो के भयो भन्ने कुरा बिर्सिसकेका छौँ । अबको ध्यान आउने प्रतियोगितामा छ । खेलका लागि हामी सबै उत्साहित छौँ । विशेषगरी घरेलु मैदानमा खेल्ने भएकाले हाम्रो लागि यो ठूलो अवसर हो । यसलाई सम्मान गरेर खेल्नेछौँ ।”

Dabur Nepal
NIC Asia

रोहितले नेपाली टिममा सन्दीप लामिछाने फर्किदा टोली अझ बलियो हुने बताए । 

“स्यान्डी दाइ (सन्दीप लामिछाने) आएपछि टिम ब्यालेन्स हुन्छ । अनुभवी बलर हुन् । त्यसले गर्दा टिम अझै बलियो हुन्छ । विश्वकप खेल्ने सम्भावना उच्च छ । तर, ट्वान्टी–२० खेल हो । कुन टिमले कस्तो प्रदर्शन गर्छ भन्न सकिन्न । हरेक खेल जित्छौँ भन्नेमा केन्द्रित छौँ,” रोहितले थपे ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपालका लागि विश्वकपमा छनोट हुने यो स्वर्णिम अवसर भएको बताए ।

“हामीले सन्दीपलाई आवश्यक रहेको ब्रेक दियौं । अहिले उनी फ्रेस छन् र प्रतियोगिताका लागि तयार छन्,” देसाईले भने, “यो हाम्रो लागि विश्वकप छनोट हुने स्वर्णिम अवसर हो । र, हामीले यो अवसरलाई सम्मान गर्नुपर्छ । पक्कै पनि हामीले पछिल्लो वर्षयता राम्रो क्रिकेट खेल्दै आएका छौँ ।”

सोमबारदेखि सुरु हुने विश्वकप छनोटमा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई एक समूहमा चार टिम रहनेगरी दुई समूहमा विभाजन गरिएको छ । 

नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टीयू मैदानमा खेल्नेछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । यस छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro