site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । नेपाल र विशेषगरी नेपालको लोकतान्त्रिक आन्दोलनका शुभेच्छुक महासचिव गुटेरेसको भ्रमण फलदायी बनाउन नेपाल सरकारले विशेष क्रियाशीलता देखाउनु बुद्धिमानी हुनेछ ।

औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत प्रमुख राजनीतिक हस्तीहरूसँग भेटघाट र वार्तालाप गर्नेछन् । यस्तै उनले लुम्बिनीका साथै पोखरालगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी सबै औपचारिकता कार्यक्रमलाई पनि नेपालका हितमा सदुपयोग गर्न सरकार चनाखो हुनुपर्छ । विशेषगरी उनका पूर्ववर्ती उ थान्तको विशेष अग्रसरतामा थालिएको लुम्बिनी विकास गुरुयोजना सम्पन्न गर्न राष्ट्रसंघको ध्यानाकर्षण गराउनु उचित हुनेछ ।

यसैगरी नेपालको सामाजिक विकासमा पनि संयुक्त राष्ट्रसंघीय निकायहरूको विशेष भूमिका छ । खासगरी, संयुक्त राष्ट्र बालकोष (युनिसेफ), संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी), संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोग विशेष उल्लेखनीय देखिन्छ ।

Global Ime bank

आर्थिक सामाजिक विकासमात्र होइन नेपालको राजनीतिक परिवर्तनमा पनि संयुक्त राष्ट्रसंघको सकारात्मक योगदान छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षतर्फ लैजान नेपालका लागि राष्ट्रसंघीय मिसन ९अनमिन०को सकारात्मक भूमिका रहेको थियो ।

भूराजनीतिक अवस्थाका कारण नेपाल कुनै पनि शक्ति राष्ट्रसँग बढी नजिकिन वा टाढिन सक्तैन । नेपाली भूमिमा भारत, चीन, अमेरिकालगायतका शक्तिहरूको प्रतिस्पर्धा हुन नदिन पनि संयुक्त राष्ट्रसंघसँगको निकटता सहयोगी हुनसक्छ ।

यस्तै, शान्ति प्रक्रियाका बाँकी कामहरू सङ्क्रमणकालीन न्याय सम्पादनमा संयुक्त राष्ट्रसंघले अझै प्रेरकका रूपमा भूमिका खेल्न सक्छ । महासचिव गुटेरेस नेपालको शान्ति प्रक्रियाका नाममा दण्डहीनतालाई प्रश्रय दिनु गलत हुनेमा पक्कै पनि अनभिज्ञ छैनन् ।

महासचिव गुटेरेसको नेपाल बसाइ सुखल र फलदायी होस् ! नेपालमा महासचिव गुटेरेसलाई हार्दिक स्वागत छ !

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement