site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटेल तथा लज भरिभराउ भएका छन् ।

म्याग्दी होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटेल भरिभराउ भएका जानकारी दिए ।

“देशका विभिन्न ठाउँमा भ्रमणमा आएका पाहुनाले होटेल भरिएका हुन्,” गलेश्वरमा रहेको होटेल याकका सञ्चालक समेत रहेका आचार्यले भने, “पोहोरपरार सालभन्दा यसपालि पर्यटक आगमन राम्रो छ ।”

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिंगा–तातोपानीका होटेल पाहुनाले भरिभराउ बनेका हुन् ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटेलमा एक हजारजना बास बस्न सक्ने क्षमता छ । दशभन्दा बढी सुविधायुक्त होटेल रहेको भुरुङ–तातोपानीका होटेल व्यवसायी राजु हमालले तीन दिनयता सबै होटेल पाहुनाले भरिभराउ रहेका बताए ।

बडादसैँको टीकाको भोलिपल्टदेखि काठमाडौं, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरीचौकीका प्रमुख एवं प्रहरी नायब निरीक्षक प्रताप महतले तीन दिनयता दैनिक चारदेखि पाँच हजार ५०० पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिए ।

“कात्तिक ९ गते एक हजार २०० सवारीसाधनमा पाँच हजार ५००, १० गते ९७४ सवारीसाधनमा पाँच हजार र शनिबार ७०० सवारीसाधनमा चार हजारजना मुस्ताङ भित्रिएका छन्,” उनले भने, “अन्य समयमा दैनिक डेढ सयदेखि दुई सय सवारीसाधनमा पर्यटक भित्रने गरेका थिए ।”

महतका अनुसार जीप, बसको तुलनामा मोटरसाइकल, निजी गाडी र स्कुटरमा मुस्ताङ घुम्न जाने बढी छन् ।

पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा–व्यवसाय गर्नेहरू मुस्ताङ घुम्न आएका घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका मार्फाका होटेल व्यवसायी राजु लालचनले बताए ।

“पोहोर साल दसैँमा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि दुःख पाए,” उनले भने, “यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजेका छन् ।”

शरद्याम घुमघामका लागि उपयुक्त मानिन्छ । विदेशीभन्दा नेपाली पर्यटकको संख्या बढी रहेको होटेल व्यवसायीले बताएका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro