site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने– परिवर्तनविरोधी प्रवृत्ति निस्तेज पार्छौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएर परिवर्तनविरोधी प्रवृत्तिलाई निस्तेज पारिने बताएका छन् ।

गणतन्त्र, संघीयता धर्मनिरपेक्षतालगायत परिवर्तनविरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उनले उल्लेख गरे । उनले भने, “योबीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरूलाई एकताबद्ध गर्नमा केन्द्रित छ ।”

शनिबार नेपाली कांग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । “यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ,” उनले भने ।

चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीतिक दलहरूका बीचमा सहमति बनाउने प्रयत्न भएको बताए । सरकारबाट लिइएका कूटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको उनले जानकारी गराए । यी भ्रमणहरू सरकारले लिएको कूटनीतिक सफलताको परिणाम भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro