site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

“लोकप्रिय कलाकार प्रकाश घिमिरे आज बिहान नदिपुरमा  दुर्घटनामा परी मणिपाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको सिघ्र स्वास्थ लाभको कामना गर्दछु,” पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेसबुकमा लेखेका छन्, “हस्पिटल प्रशासन तथा सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँदछु । सबै विशेषज्ञ डाक्टरहरू इमर्जेन्सी पुग्नु भएको छ । हामी सम्पूर्ण पोख्रेलीहरूको तर्फबाट यस गम्भीर दुर्घटनामा पर्नु भएको प्रिय कलाकारको उपचारमा साथमा रहेको अनुरोध गर्दै सिघ्र सुधारको कामना गर्दछु ।”

गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका हुन् । “उहाँलाई थप उपचारका लागि काठमाडौं ल्याउनेबारे सल्लाह भइरहेको छ,” अभिनेता खगेन्द्र लामिछानेले बाह्रखरीसँग भने । 

घिमिरेले अभिनय गरेको चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ अहिले देशभरका हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रमा उनी मितबाको भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro