site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असनमा मनाइयो अन्नपूर्णदेवीको जात्रा

काठमाडौं । काठमाडौंको असनमा प्रसिद्ध अन्नपूर्णदेवीको जात्रा मनाइएको छ । हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्णदेवीको जात्रा गरिन्छ । अन्नपूर्णदेवीलाई हिन्दुले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकका रूपमा पुज्दै आएका छन् ।

बौद्धमार्गी नेवार समुदायमा अन्नपूर्णदेवीलाई वसुन्धरा, योगाम्बर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पीठ र महामयुरीदेवीका रूपमा मान्ने गरिन्छ ।

अन्नपूर्णदेवीको विशेष खटजात्रा आश्विन शुक्ल एकादशी र द्वादशी दुई दिन भव्य रूपमा गरिन्छ । सो क्रममा असन, बालकुमारी, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ओमबहाल, लगन, ब्रह्मटोललगायत स्थानमा जात्रा गर्दै भोटाहिटी देवघर–देवीको घरमा फर्काइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro