site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालले सबैभन्दा बढी निर्यात गर्ने १० देश
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले एक वर्षमा साढे १४ खर्बको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात गरेको छ । सोही वर्ष नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बरारबको वस्तु निर्यात गरेको छ ।  नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको घाटा व्यहोरेको हो ।

एक वर्षको अवधिमा नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र दोस्रोमा चीनसँग छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी निर्यात गरेका देश यी हुन्ः
१.भारत– एक वर्ष अर्थात् गत आर्थिक वर्षमा नेपालले भारतमा करिब १ खर्ब ६ अर्ब बराबरको निर्यात गरेको छ । भारतबाट नेपालले १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ । यसरी भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२.अमेरिका– एक वर्षमा नेपालले अमेरिकामा १९ अर्ब ५७ करोडको निर्यात गरेको छ । अमेरिकाबाट १९ अर्ब ४२ करोडको मात्रै आयात गर्दा, नेपाल १४ करोडले व्यापार नाफामा रहेको छ ।

३.जर्मनी– नेपालले एक वर्षमा जर्मनीमा ४ अर्ब ३५ करोड रुपैयाँको निर्यात गरेको छ । तर, ६ अर्ब ७५ कराडको आयात गर्दा २ अर्ब ४० करोडको व्यापार घाटा रहेको छ ।

Global Ime bank

४.बेलायत– बेलायतमा नेपालले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३३ करोड रुपैयाँको निर्यात गरेको छ । बेलायतबाट ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

५.टर्की– नेपालले टर्कीमा २ अर्ब १५ करोड रुपैयाँको निर्यात गर्दा ४ अर्ब ४३ करोडको आयात गरेको छ । यसरी टर्कीसँग नेपालको व्यापार घाटा २ अर्ब २७ करोड छ ।

६.फ्रान्स– एक वर्षमा नेपालले फ्रान्समा १ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको छ भने ८ अर्ब १२ करोडको आयात गरेको छ । यसरी व्यापार घाटा ६ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

७.क्यानडा– क्यानडामा १ अर्ब ७८ रुपैयाँ बराबरको निर्यात गर्दा त्यहाँबाट ४ अर्बको आयात भएको छ । क्यानडासँगको व्यापार घाटा २ अर्ब २८ करोड छ ।

८.चीन– नेपालले चीनमा १ अर्ब ७६ करोडको निर्यात गर्दा त्यहाँबाट २ खर्ब २२ अर्बको आयात गरेको छ । व्यापार घाटा चीनसँग २ खर्बभन्दा माथि छ ।

९.अस्ट्रेलिया– नेपालले अस्ट्रेलियामा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अस्ट्रेलियाबाट १८ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा १६ अर्ब ९८ करोड छ ।

१०.जापान– नेपालले जापानमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, जापानबाट ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ४ अर्ब छ ।

नेपालले सबैभन्दा बढी आयात गर्नेमा चीन दोस्रो नम्बरमा भए पनि निर्यातमा भने चीन ८ औं नम्बरमा छ । सबैभन्दा बढी निर्यात गर्ने १० देशको सूचीमा नेपालको व्यापार नाफा अमेरिकासँग मात्रै छ ।

नेपालले सबैभन्दा बढी वस्तु आयात गर्ने १० देश

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय