site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोलम्बियामा हुने फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

काठमाडौं । अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्करणमा पुरस्कार कोष बढाएर एक लाख २० हजार अमेरिकी डलर पुर्‍याइएको छ । यो अघिल्लो संस्करणको तुलनामा २० हजार डलरले बढी हो ।

साथै, फोकस क्षेत्रबाट फिचर फिल्मका लागि नयाँ पुरस्कार श्रेणी थपिएको छ । जससँगै कुल पुरस्कारको संख्या सात पुगेको फेस्टिभल आयोजक अल्टरनेटिभाले जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इच्छुक आवेदकहरूले जेठ २७, २०८२ (जुन १०, २०२५) देखि असोज २४, २०८२ (अक्टोबर १०, २०२५) भित्र आवेदन दिन सक्नेछन ।

यी घोषणाहरू अल्टरनेटिभाले ल्याटिन अमेरिकामा पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा गरिएको थियो ।

पत्रकार सम्मेलनमा इनड्राइभका संस्थापक तथा सीईओ, साथै अल्टरनेटिभाका दृष्टिकोणशील अगुवा आर्सेन टम्स्कीले भने, “इनड्राइभमा हामी विश्वास गर्छौं कि प्रतिभा र गहिरा कथाहरूलाई कुनैपनि सिमानाले रोक्नु हुँदैन । कलामा विश्वभरका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने शक्ति हुन्छ । यही विश्वासले हाम्रो व्यवसायिक प्रयासहरू मात्र होइन ।”

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्