site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले सबैभन्दा बढी वस्तु आयात गर्ने १० देश

काठमाडौं । नेपालले एक वर्षमा साढे १४ खर्बको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बरारबको वस्तु तथा सेवाको निर्यात गरेको छ ।

उक्त एक वर्षमा नेपालले १६ खर्ब ११ खर्ब ७३ करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको घाटा व्यहोरेको हो । उक्त एक वर्षको अवधिमा नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र दोस्रोमा चीनसँग रहेको छ ।

भन्सार विभागको तथ्यांकानुसार नेपालले सबैभन्दा बढी आयात गर्ने देशहरू यी हुन्–

Dabur Nepal
NIC Asia

१. भारत– एक वर्ष अर्थात् गत आर्थिक वर्षमा भारतबाट नेपालले १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ । नेपालले भारतमा करिब १ खर्ब ६ अर्ब बराबरको निर्यात गर्दा व्यापार घाटा ९ खर्ब २१ अर्ब रहेको छ ।

२. चीन– नेपालले एक वर्षमा चीनबाट २ खर्ब २२ अर्ब ७१ करोड रुपैयाँको आयात गरेको छ । नेपालले चीनमा १ अर्ब ७६ करोड रुपैयाँ बराबरको निर्यात गर्दा व्यापार घाटा २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ छ ।

३. इन्डोनेसिया– नेपालले इन्डोनेसियाबाट एक वर्षमा ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले भने ३१ करोड ४२ लाख रुपैयाँको निर्यात गर्दा व्यापार घाटा ४१ अर्ब ५१ करोड छ ।

४. युनाइटेड अबर एमिरेट्स (यूएई)– नेपालले यूएईबाट ३२ अर्ब २१ करोड रुपैयाँ बराबरको आयात गर्दा १ अर्बको निर्यात गरेको छ । यूएईसँगको व्यापार घाटा ३१ अर्ब रहेको छ ।

५. अर्जेन्टिना– अर्जेन्टिनाबाट नेपालले २४ अर्ब ८६ करोड रुपैयाँको आयात गरेको छ । नेपालले ७३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

६. मलेसिया– नेपालले मलेसियाबाट २२ अर्ब ४० करोड रुपैयाँको आयात गरेको छ भने ३१ करोड रुपैयाँको निर्यात गरेको छ ।

७. संयुक्त राज्य (अमेरिका)– नेपालले अमेरिकाबाट १९ अर्ब ४२ करोडको आयात गर्दा १९ अर्ब ५७ करोडको निर्यात गरेको छ । अमेरिकासँग नेपाल १४ करोडले व्यापार नाफामा रहको छ ।

८. अष्ट्रेलिया– नेपालले अस्ट्रेलियाबाट १८ अर्ब ६० करोडको आयात गरेको छ । नेपालले १ अर्ब बराबरको निर्यात गर्दा व्यापार घाटा १६ अर्ब ९८ करोड रहेको छ ।

९. युक्रेन– युक्रेनबाट नेपालले एक वर्षमा १८ अर्ब ४३ करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले १ करोड रुपैयाँको निर्यात गरेको छ ।

१०. कतार– नेपालले कतारबाट १३ अर्ब ३० करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले ११ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । यसरी कतारसँगको व्यापार घाटा १३ अर्ब १९ करोड रुपैयाँ छ ।

नेपालले सबैभन्दा बढी आयात गर्ने दश देशमध्ये अमेरिकासँगको व्यापार मात्रै नाफामा देखिएको छ । बाँकी ९ देशसँगको व्यापार घाटा उच्च छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro