
काठमाडौं । वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । दसैँको अवसर पारेर टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।
मधेसको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरासिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दीपक आरजेलाई स्थान दिइएको छ ।
सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को निर्माण टिमले गरेको छ ।
नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई निर्देशक नरेशनाथ योगी किङ योगीले सघाएका छन् । यो सिरिजको निर्देशन पनि नरेश आफैँले गर्दै छन् ।