site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भन्सार छलेर ल्याइँदै गरेको फलफूल र तरकारीसहित सातजना समातिए

काठमाडौं । भारतबाट भन्सार छलेर ल्याइँदै गरेको एक लाख ७४ हजार रुपैयाँबराबरका फलफूल र तरकारीसहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पाँच भारतीय र दुई नेपाली छन् । गुलरिया नगरपालिका–७, भन्सार रोडबाट उनीहरूलाई पक्राउ गरिएको बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

qfgmdg-1698072877.jpg

आइतबार उनीहरूलाई सो कार्यका निम्ति प्रयोगमा ल्याइएका चारथान मोटरसाइकल र चारथान साइकलसहित पक्राउ गरिएको हो । पक्राउ परेका सातैजनालाई कारबाही गर्न गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro