site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानसँगको सीमामा रकेट प्रहार बढ्यो, सचेत रहनोस् : दूतावास
फाइल तस्बिर ।

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट एवं मिसाइल प्रहारका घटनामा बढोत्तरी हुँदै गएको दूतावासले उल्लेख गरेको छ । इजरायलले किरियत शमोनालगायत बस्तीबाट मानिसलाई अन्त्रय सार्न सुरु गरेको जानकारी प्राप्त भएको दूतावासको सूचनामा उल्लेख छ ।

सो स्थान आसपास रहेकाहरूले सुरक्षा सावधानीको पालना गर्न, आफ्नो सुरक्षातर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ ।

“...सो आसपास बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन हार्दिक अनुरोध गर्दछौँ,” दूतावासद्वारा आइतबार जारी सूचनामा उल्लेख छ, “सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा पर्नुभएकाहरूले दूतावासमा तुरुन्त जानकारी गराउनुहुन पुनः अनुरोध गर्दछौँ ।”

इजरायलमा बस्ने नेपालीको सुरक्षाप्रति दूतावास गम्भीर रहेको सूचनामा जनाइएको छ । विस्तृत विवरण संकलन गर्न लागेकाले इजरायलवासी नेपालीले दूतावासको वेबसाइटमा राखिएको तथ्यांक फाराम अनिवार्य भर्न पनि आह्वान गरिएको छ ।

“...परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण संकलन गर्न लागेकोले इजरायलवासी सम्पूर्ण नेपालीहरूले दूतावासको वेबसाइटमा राखिएको तथ्यांक संकलन फर्म अनिवार्य भर्नुहुन हार्दिक आह्वान गर्दछौँ,” सूचनामा उल्लेख छ, “यसअघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका लागि भएकोले इजरायलवासी सबै नेपालीहरूले यो अनलाइन रजिष्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला, फर्म भर्न मेसो नपाउनेले दूतावासमा सम्पर्क गर्नुहोला ।”

यही अक्टोबर ७ यता इजरायलमा युद्धको अवस्था छ । दक्षिणी क्षेत्रको अशान्तिसँगै अहिले लेबनानसँगको सीमा क्षेत्रमा समेत तनाव बढ्दै गएको छ ।

अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro