site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाको जितमा १७ वर्षीय मार्क गुइउको गोल 

काठमाडौं । मार्क गुइउको निर्णायक गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्वाओविरुद्ध १-० को साँघुरो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा १७ वर्षीय परिवर्तित खेलाडी गुइउको निर्णायक गोलमा बार्सिलानाले तीन अंक जोडेको हो । उनी फर्मिनो लोपेचको स्थानमा ७९औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेको २३ सेकेन्डमै गोल गरेका गुइउ बार्सिलोनाको इतिहासमै सिनियर र जुनियरतर्फ सबैभन्दा कम समयमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

जितसँगै १० खेलबाट २४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट १७ अंक जोडेको एथ्लेटिक विल्बावो तालिकाको नवौं स्थानमा छ । १० खेलबाट समान २५ अंकसहित रियाल र जिरोना क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

आइतबारै भएका अन्य खेलमा जिरोनाले अल्मेरिकाविरुद्ध ५-२ को जित निकालेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu