site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमास–इजरायल द्वन्द्व : संयम रहेर पूर्ववर्ती सम्झौता पालना गर्न पूर्वराजदूतहरूको आह्वान
फाइल तस्बिर।

काठमाडौं । हमास–इजरायल द्वन्द्वका क्रममा संयमता अपनाउनका लागि नेपालका पूर्वराजदूतहरुले आह्वान गरेका छन् । पूर्ववर्ती सम्झौताहरु पालना गर्न पूर्वराजदूतहरूले आह्वान गरेका हुन् ।

पूर्वराजदूतहरु निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीप कुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले संयुक्त विज्ञप्ति जारी गर्दै संयम रहन आह्वान गरेका हुन् ।

Dabur Nepal

पूर्वराजदूतहरुले आफूहरु प्यालेस्टाइनका जनताको पक्षमा रहेको स्पष्ट पारेका छन् । “हामी प्यालेस्टिनी जनताको अधिकारका पक्षमा छौँ । तर, आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भर्त्सना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

इजरायल र प्यालेस्टाइन बिच चलेको हिंसाको नयाँ लहरबाट हामी गम्भीर रूपमा चिन्तित छौँ । यस हिंसामा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको नेपाली र अन्य धेरै मुलुक लगायतका निहत्था नागरिकमाथिको हमलाबाट १४०० जनाभन्दा बढीको हत्या, अरू हजारौँलाई घाइते बनाउने र कैयौँलाई बन्धक बनाउने काम भयो। हामी प्यालेस्टिनी जनताको अधिकारका पक्षमा छौँ तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा  निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भर्त्सना गर्दछौँ। हमास समूहको यो निन्दनीय कार्यको प्रतिक्रियाका नाममा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै जुन प्रतिहिंसाको सिलसिला सुरु गर्यो,  त्यसबाट गाजा पट्टीमा सर्वसाधारणका बस्तीमा बम गोलाबारी गरी ४३०० भन्दा बढीको हत्या र अरू हजारौँ घाइते बनाउने काम भयो । पूरै गाजापट्टीलाई  सैनिक नाकाबन्दी गरिएको छ भने विद्युत्, खाद्यान्न, पिउने पानी, औषधिको आपूर्ति रोकिएको छ र आवासको हाहाकार छ । यति मात्रै होइन, यत्रतत्र नागरिक बस्तीमा बमगोला बर्साइएको छ र पूरै गाजापट्टीलाई खाली गर्न उर्दी जारी गरिएको छ । हिंसाका घटना जारी रहँदा यसबाट यस क्षेत्रमा ठुलो मानवीय सङ्कट पैदा भएको छ ।अस्पताल जस्तो ठाउँमा गोलाबारी गरी स्वास्थ्यकर्मी, बिरामी, घाइते र बिरामी कुरुवाको हत्या जस्तो बर्बर र जघन्य अपराधको जति भर्त्सना गरे पनि पुग्दैन।  इजरायलको यो राज्य आतङ्क  निन्दनीय छ । यस सङ्कटपूर्ण घडीमा संयुक्त राष्ट्रसङ्घले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न, सर्वसाधारणको ज्यान जोखिमबाट जोगाउन र सर्वसाधारणलाई तत्काल मानवीय सहायता पुर्याउन असमर्थ हुने हो भने यसको औचित्यमा नै  प्रश्न उठ्ने छ।

युद्ध र हिंसाले कुनै समाधान दिँदैन भन्नेमा हाम्रो दृढ विश्वास छ। हामी संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुरूप दुई राज्य सिद्धान्तअन्तर्गत प्यालेस्टिनी राज्यको सही कार्यान्वयनले मात्र मौजुदा समस्याको दीर्घकालीन समाधान हुन्छ भन्ने वास्तविकतामा हाम्रो पनि दृढ बिस्वास रहेको व्यक्त गर्न चाहन्छौँ ।

हामी इजरायल र प्यालेस्टिन दुवै पक्षलाई संयम रहन र पूर्ववर्ती समस्त सम्झौतालाई सम्मान गर्न तथा सम्पूर्ण मामिलाको शान्तिपूर्ण ढङ्गले समाधान खोज्न आह्वान गर्दछौँ। सर्वप्रथम युद्ध र हिंसा रोकिनुपर्दछ, सम्झौताका निम्ति शान्तिपूर्ण वातावरण बनाइनुपर्दछ र वार्ता र कुटनीतिलाई माध्यम बनाइनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ। युद्ध र हिंसा भड्किदा नेपालजस्तो शान्तिप्रिय मुलुक र असंलग्न राष्ट्रका नागरिकलगायत सम्पूर्ण  विश्व नै यसको नकारात्मक असरको चपेटामा परेका छन्। इजरायल प्यालेस्टिनी समस्या लामो समयदेखि थाती रहँदै आएको समस्या  हो । यस समस्याको चिरस्थायी समाधानमा नेपाल सरकारलगायत अन्तर्राष्ट्रिय समुदाय उदासीन रहनु उचित हुँदैन । यसमा  सकरात्मक हस्तक्षेप जरुरी छ। यस सङ्कटपूर्ण घडीमा हामी विशेष गरी संवद्ध अन्तर्राष्ट्रिय समुदायलाई चालु स्थितिमा आगोमा घिउ थपेर होइन, यो सङ्कट समाधनका  निम्ति आफ्नो ठाउँबाट तत्काल युद्धविराम र गाजाक्षेत्रमा मानवीय सहायता पुर्याउनका लागि सकारात्मक पहल गर्न आह्वान गर्दछौँ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro