site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धार्मिक, सांस्कृतिक तथा जातीय विविधता भएको नेपाली समाजमा अनगिन्ती चाडबाड मनाइन्छ र तिनको आआफ्नै महत्त्व र विशेषता छन् । परन्तु, नेपालमा मनाइनेमध्ये सबैभन्दा मुख्य चाड दसैँ नै हो भन्नु अत्युक्ति हुँदैन ।

बहुसङ्ख्यक हिन्दुहरूले नौरथाभर शक्तिको पूजा गरी विजया दशमीका दिन मान्यजनाबाट टीका थापेर मनाउँछन् । शक्ति पूजा नगर्नेहरूले पनि टीका लगाउँछन् । अर्थात्, दसैँ मुख्यरूपमा दशमी केन्द्रित हुन्छ । 

घटस्थापना गरेर जमरा नराख्नेहरू पनि टीका लगाएर दसैँ मनाउँछन् । मीठो खाने र पुगेसम्म नयाँ लुगा लगाउने गर्छन् । पहाडका गाउँतिर पिङ हाल्ने चलन थियो । तराईमा पनि केही फरक शैलीमा नवदुर्गाको पूजा आराधना गरिन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

नेपालीका लागि दसैँ पारिवारिक मिलनको पर्व पनि हो । घर छाडेर बाहिर गएकाहरू फर्कन्छन् । दसैँमा घरमा नभएकाहरूले पनि परिवार सम्झन्छन् । यथार्थमा नेपाली समाजमा परिवारलाई जोडेर राख्ने तन्तु पनि हो दसैँ ।

केही वर्ष यता एकथरीले दसैँको धार्मिकीकरण गर्दै लैजाने र अर्काथरीले पर्वकै विरोध र बहिष्कार गर्ने अतिवादी प्रवृत्ति पनि समाजमा देखिएको छ । यद्यपि, अतिवादीहरू बिस्तारै आफैँ किनारा लाग्दै पनि गएका छन् ।

Global Ime bank

आफ्नो साबगासले नभेटे पनि समाजलाई देखाउनैका लागि फजुल खर्चसमेत गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिन्छ । यसले कतिपय परिवारका लागि ‘आयो दसैँ ढोल बजाई : गयो दसैँ रिन बोकाई’ भन्ने उखान चरितार्थ हुनेगरेको छ । सम्भवतः यो नै दसैँको मुख्य नकारात्मक पक्ष हो ।

जेहोस्, भारतीय वा अन्यत्रका हिन्दुले भन्दा बेग्लै तरिकाले मनाउने हुनाले पनि दसैँ नेपालीको साझा चाड हो भन्ने स्पष्ट हुन्छ । यसैले नेपाली संस्कृतिको विशेषतायुक्त यस पर्वलाई उल्लासपसर्वक मनाऊँ ।

बाह्रखरी परिवारका तर्फबाट दसैँ, २०८० का अवसरमा समस्त नेपालीबीच सद्भाव बढोस् भन्दै सबै नेपालीको सुस्वास्थ्य तथा समृद्धिको शुभकामना ! 

   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement