विदेश
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायल र विद्रोही समूह हमासबीच जारी द्वन्द्वमा इजरायललाई बेलायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै सुनकले आफू इजरायलसँग मित्रको रुपमा उभिएको र इजरायलले युद्ध जित्ने आशा राखेको बताए ।
नेतान्याहुले इजरायललाई युद्धको लागि निरन्तर समर्थन आवश्यक रहेको बताए । प्रधानमन्त्री सुनकले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गरे । भेटका क्रममा इजरायललाई समर्थन गर्न र गाजामा मानवीय सहायताका लागि आग्रह गरे । –न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० १९:२९
प्रतिक्रिया दिनुहोस्