site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्वदेश फर्किए पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ

इस्लामाबाद । निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीनपटक प्रधानमन्त्री बनेका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्केका छन् ।

सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी नेता इमरान खान अहिले जेलमा छन् ।

Dabur Nepal
NIC Asia

स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे राजधानी इस्लामाबाद टेके ।

“हामी पूर्णरूपमा निर्वाचनको तयारीमा छौँ,” आफ्नो उडान भर्नुअघि उनले पत्रकारहरूसँग भने, “जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ । हामी यस्तो अवस्थामा कसरी आयौँ, यो किन आयो ?”

विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ । गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रियो ।

शरिफले इस्लामाबादपछि अर्को ठूलो सहर लाहोरको भ्रमण गर्नेछन् । जहाँ हरियो र पहेँलो पार्टी पोस्टर र ब्यानर बोकेर समर्थकहरू उनको स्वागतका लागि जम्मा भइरहेका छन् ।

एक उच्च अधिकारीका अनुसार ग्रेटर इकबाल पार्कमा सम्भावित भिडलाई नियन्त्रण गर्न सात हजारभन्दा बढी प्रहरीलाई परिचालन गरिएको छ । उक्त पार्कमा शरिफले घर फिर्तीबारे सम्बोधन गर्ने कार्यक्रम छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro