site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाडमा रजत विजेता एरिका सम्मानित

काठमाडौं । नेपाल एकायन कराते संघले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा एक कार्यक्रममाझ एरिकालाई २० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो । सो अवसरमा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरी डंगोल र वीरकृष्ण महर्जन तथा व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

उनीहरूलाई संघीय सांसद विराजभक्त श्रेष्ठ, वाग्मती प्रदेशका सांसद् बसन्त मानन्धर र नेपाल एकायन कराते संघका अध्यक्ष श्रीकृष्ण डंगोलले सम्मान गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro