site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई किलो चिनी किन्न धादिङबाट काठमाडौंमा !
फाइल तस्बिर ।

काठमाडौं । धादिङदेखि मानिस दुई किलो चिनी किन्न काठमाडौंको सुपथ मूल्य पसलमा आएका छन् ।

नेपालीको मुख्य चाडका बेला बजारमा चिनी अभाव भएपछि धादिङको छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराईसहितका स्थानीयवासी कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् ।

दसैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने बेला सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए । उनले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरबाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गरे ।

भट्टराईले धादिङका खाद्यान्न पसलहरूमा चिनी नपाएको र पाए पनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए । जन्मेदेखि पहिलोपटक दुई किलो चिनी किन्न धादिङबाट काठमाडौं आउनुपरेको उनले सुनाए ।

अर्की उपभोक्ता सावित्रा उप्रेतीले साल्ट ट्रेडिङबाट चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेको बताइन् । उनले अरू पसलहरूमा चिनी नपाएको भन्दै दुई किलो भए पनि लाइन बसेर लिन आएको सुनाइन् ।

सरकार जनताप्रति उत्तरदायी नहुँदा हरेक वर्ष ग्यास, चिनी, नुनलगायत खाद्यान्नको अभाव झेल्नुपरेको उनको भनाइ छ । जनतालाई सधैँ सास्ती मात्र दिइएको उनले बताइन् ।

कीर्तिपुरबाट चिनी किन्न सहुलियत पसलमा आएकी पवित्रा थापाको गुनासो पनि उस्तै छ । बजारमा अन्यत्र नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको उनले बताइन् ।

उनले दुई किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको उल्लेख गरिन् । सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको उनले बताइन् ।

साल्ट ट्रेडिङका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई केजीका दरले उपलब्ध गराइने बताए । बजारमा अभावका कारण सहुलियत पसलमा चिनी किन्न आउने उपभोक्ताको भीड रहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro