site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य, करणले लिए चार विकेट 

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङले नेपालविरुद्ध ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गर्‍यो ।

हङकङका यास्मिन मुर्तजाले ३६ रन बनाए । जिसान अलीले १७ रन थपे । यसबाहेक हङकङका अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Dabur Nepal
NIC Asia

हङकङविरुद्ध घातक बलिङ गरेका नेपालका करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले १५ रन खर्चिए । अभिनास बोहरा र सोमपाल कामीले समान दुई विकेट लिए ।

मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।

शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो । हङकङको भने यो पहिलो खेल हो ।

ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले कार्तिक ४ गते पुनः हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

प्रतियोगिताको लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro