खेल

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले इनिङको पहिलो बलमै विकेट लिएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालका करण केसीले पहिलो बलमै सफलता दिलाएका हुन् ।
करणले हङकङका ओपनर तथा कप्तान निजाकत खानलाई पहिलो बलमै बोल्ड गरे ।
जारी खेलको पहिलो ओभर समाप्त हुँदा हङकङले एक विकेट गुमाएर सात रन बनाएको छ । हङकङका अन्शुमन रथ र बाबर हायात क्रमशः ६ र एक रनमा खेलिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० ११:०७
प्रतिक्रिया दिनुहोस्