site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं–३ मा ‘माइन्युट च्यातेर’ किर्ते महासमिति सदस्य चयन, कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांगेस काठमाडौं क्षेत्र नम्बर–३ ले महासमिति सदस्य चयन गर्दा उपस्थितिको माइन्युटको पाना नै च्यातेर किर्ते गरेको भन्दै उजुरी परेको छ ।

माइन्युटमा उपस्थितिको पाना नै च्यातेर निर्णय लेखेर सर्वसम्मत भनिएको भन्दै पूर्व क्षेत्रीय सभापति परशुराम पोखरेलसहितले उजुरी दिएका छन् । उजुरी निवेदनमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पासमेत संलग्न छन् ।

कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म आठवटा तहमा प्रतिनिधिमूलक निर्वाचन गर्छ । वडातहमा बनेका क्रियाशील सदस्यहरुबाट गाउँपालिकाका प्रतिनिधि र क्षेत्रका लागि क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् भने क्षेत्रीय प्रतिनिधिबाट क्षेत्रीय कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महासमिति सदस्यमा उमेदवार बन्नका लागि भने महाधिवेशन प्रतिनिधि हुनुपर्ने प्रावधान छ । प्रत्यक निर्वाचन क्षेत्रका २५ महाधिवेशन प्रतिनिधिहरु उमेदवार बनेपछि उनै क्षेत्रीय प्रतिनिधिहरुले भोट हालेर महासमिति सदस्य निर्वाचित गर्ने नेपाली कांग्रेसको वैधानिक प्रावधान छ ।

नेपाली कांग्रेसको काठमाडौं–३ कार्यसमितिले भने क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरुलाई खबरसमेत नगरी महासमिति सदस्यहरु सर्वसम्मत निर्वाचित भएको भन्दै केन्द्रमा सूची पठाएको पूर्वक्षेत्रीय सभापति परशुराम पोखरेलले जानकारी दिए । उनले विधिअनुसार मिल्दै नमिल्ने कुरा क्षेत्रीय सभापतिले गरेको भन्दै त्यसलाई छिटो बदर गरेर महासमितिको निर्वाचन गराउन आफूहरुले उजुरी दिएको बताए ।

Global Ime bank

“म काठमाडौं–३ को पूर्वसभापति, महाधिवेशन प्रतिनिधि पनि हुँ । मलाई कुनै जानकारी छैन । म जस्ता अरु साथीहरुलाई पनि निर्वाचन समितिले महासमिति सदस्य चयनका लागि निर्वाचनको कार्यक्रम राखेको जानकारी छैन,” पोखरेलले बाह्रखरीसँग भने, “तर, क्षेत्रीय सभापतिजीले सर्वसम्मत चयन भएको भन्दै केन्द्रमा महासमिति सदस्यहरुको सूची पठाइसक्नुभएछ ।”

काठमाडौं–३ मा प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति सभापति समेत रहेका सांसद सन्तोष चालिसे क्षेत्रीय सभापति छन् । उनले एकलौटी महासमिति सदस्य पठाउनकै लागि गुपचुप माइन्युट गरेर अवैधानिक काम गरेको उजुरी दिने पक्षको आरोप छ ।

क्षेत्रीय अधिवेशनकै क्रममा महाधिवेशन प्रतिनिधि पछि निर्वाचित प्रतिनिधिहरुबीच प्रतिस्पर्धा गराएर महासमिति सदस्यको चयन गर्नुपर्ने हो । तर, दुई वर्षअघि मंसिरमा भएको १४औँ महाधिवेशनका क्रममा कांग्रेसले अधिकांश क्षेत्रमा महासमिति सदस्यहरु पछि छान्ने भन्दै थाँती राखेको थियो ।

आगामी मंसिरमा महासमिति बैठक बस्ने भएपछि क्षेत्रीय निर्वाचन समितिले धमाधम महासमिति सदस्य चयन गरिरहेका छन् । तर, काठमाडौ–३ मा भने क्षेत्रीय सभापतिले भेला नै नडाकी, निर्वाचनको सूचना समेत नदिई पुरानै माइन्युटको उपस्थिति च्यातेर सर्वसम्मत महासमिति सदस्य चयन भएको भन्दै सिफारिस पठाएपछि पूर्वसभापतिसहित उजुरी लिएर केन्द्रीय कार्यालय पुगेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement