site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य 

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गर्‍यो ।

यूएईका बसिल हमेदले ५१ रन बनाए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे । ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्‍याएका  थिए ।

कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन थपे । 

नेपालका करण केसीले तीन विकेट लिए । करणले चार ओभरको स्पेलमा १९ रन खर्चिए । गुल्सन झाले दुई विकेट लिदा अभिनाश बोहरा र सोमपाल कामीले समान एक विकेट लिए ।

आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र यूएई सहभागी छन् । 

शृंखलाको पहिलो खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।

नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro