site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

युद्ध मैदान बन्न पुगेको गाजा सहरको एउटा अस्पतालमा भएको शक्तिशाली विस्फोटमा पाँच सयभन्दा बढीको ज्यान गएको छ । यो निन्दनीय आततायी कुकार्यका लागि द्वन्द्वका दुवै पक्ष इजरायल र प्यालेस्टाइनले एक अर्कालाई दोष दिएका छन् । 

संगीत उत्सवमा सहभागी नागरिकमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले असोज २० मा एकाएक रकेट बर्साएर हमला गर्‍यो । हमासले गैरसैनिक नागरिकलाई समेत ‘बन्धक’ बनाएर इजरायललाई धम्की दिएको थियो । 

त्यसपछि इजरायलले प्रतिरक्षात्मक आक्रमण सुरु गरेको हो । इजरायली कारबाही र प्यालेस्टाइनी लडाकु समूहहरूबीच भएको युद्धमा अहिलेसम्म ४ हजारभन्दा बढी मारिएका छन् भने घाइते हुनेको सङ्ख्या १५ हजारभन्दा धेरै पुगिसकेको छ । 

गाजाको अस्पतालमा विस्फोट भएपछि बढी चिन्तित देखिएको अन्तर्राष्ट्रिय समुदायको शान्ति स्थापना गर्ने आह्वानलाई भने दुवै पक्षले मानेका छैनन् । फलस्वरूप, हमासको आक्रमणपछि सुरु भएको यसपकटको भिडन्तले ठूलै क्षति पुग्ने जोखिम देखिएको छ ।

गाजामा हमासलाई कमजोरै बनाएर छाड्ने अठोट गरेर इजरायलले थालेको प्रत्याक्रमणबाट पनि अन्ततः निहत्था नागरिकले नै मूल्य चुकाएका छन् । इजरायलको चेतावनीपछि अहिले  गाजाका लाखौं प्यालेस्टाइनी जनता विस्थापित भइसकेका छन् ।

हमास यसपटकको आक्रमणभन्दा पहिले पनि उग्र आक्रामक जत्था नै मानिन्थ्यो । यसपटकको आततायी हमलाले त हमासको आततायी चेहरा उदाङ्गो भएको छ । सांस्कृतिक महोत्सवमा बम बर्साउने तथा मानव बन्धक बनाउने कार्यले हमास आतङ्ककारी संगठन ठहरिएको हो । 

इजरायलको अपेक्षाकृत कट्टरपन्थी सरकार आन्तरिक राजनीतिक कारणले पनि युद्ध विरामको पक्षमा नहुनसक्छ । इरानजस्ता देशहरू इजरायलविरुद्ध एकजुट हुनसक्छन् । त्यसैले संयुक्त राष्ट्रसंघ र शान्तिका पक्षधर अन्तर्राष्ट्रिय समुदाय अग्रसर नभए मध्यपूर्वमा ठूलै विध्वंश मच्चिने जोखिम देखिन्छ ।

यसैले अन्तर्राष्ट्रिय समुदायले तत्काल हस्तक्षेप गर्नु जरुरी छ । पहिले गाजामा मानवीय सहायता पुर््याउने र त्यसपछि इजरायल सरकारलाई आतङ्ककारी समूहमा लक्षित  कारबाहीमात्र सञ्चालन गर्न सहमत गराउन सक्नुपर्छ । यद्यपि, हमासको आक्रमणको निन्दा नगर्ने वा परोक्षरूपमा समर्थन गर्नेहरूलाई भने इजरायलमाथि औँला उठाउने नैतिक अधिकार हुँदैन । 

हमासलाई ‘सिध्याउन’ चाहने इजरायलको प्रतिरक्षात्मक अठोठलाई अस्वाभाविक भन्न सकिँदैन । परन्तु, अन्तर्राष्ट्रिय समुदायको सदस्यका रूपमा भने इजरायलले मानवीय कानुनहरूको पालना गर्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायले पनि एउटा राष्ट्र र आतङ्ककारी समूहसँग समान व्यवहार गर्न मिल्दैन ।

हमासको अपराधका लागि जनसाधारणलाई सजाय दिन थालियो भने आतङ्ककारीहरू जनसमर्थन बढ्न सक्छ । सम्भवतः इजरायल पनि त्यस्तो होस् भन्ने पक्कै चाहँदैन । संयुक्त राष्ट्रसंघले आफ्नो औचित्य पुष्टि गर्ने यस्तै काममा नेतृत्व लिनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro