site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका मुख्यमन्त्रीलाई जसपा र राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने

विराटनगर । कोसी प्रदेशसभाको बुधबार बोलाइएको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै छन् । उनलाई राप्रपा र जसपाबाहेकका सबै दलले मत दिने भएका छन् ।‌
 
दलको तयारी अनुसार भए कार्कीले ९३ मध्ये ८५ सांसदको विश्वास छ भन्ने मत प्राप्त गर्नेछन् । नेपाली कांग्रेसका सबै सांसदलाई पक्षमा मत हाल्न पार्टीको केन्द्रीय समितिले पत्राचार गरेको छ । संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिए पछि केन्द्रलाई चिठी लेखी राय मागेका थिए । केन्द्रले पक्षमा मतदान गर्न निर्देशन दिएको बताइएको छ । कांग्रेसका २९ सांसद छन् । 

नेकपा एमालेका ३९ सांसदले पक्षमा मत हाल्ने प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिएका छन् । 

माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने भएको छ । पार्टीको प्रदेश कमिटीले यसबारे निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । माओवादी केन्द्रसँग १३ सांसद छन् । 

नेकपा एकीकृत समाजवादीले पनि कार्कीलाई मत दिने भएको छ ।‌ समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले यसबारे छलफल भएको बताए । समाजवादीका ४ सांसद छन् ।‌ 

राप्रपाले भने कार्कीलाई मत नदिने भएको छ । सांसद अमरबहादुर विष्टले आफूहरुले मत नदिने तय भएको बताएका छन् । कोसी प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । 

जसपाले पनि मत नदिने जनाएको छ । 

बुधबार बिहान ११ बजेका लागि बोलाइएको  बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत लिनुअघि सबै दलका नेताहरुसँग छलफल गरेका छन् । 

मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनले माओवादी केन्द्रक इन्द्र आङ्वोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कार्की एमालेका सांसदको साथ लिएर मुख्यमन्त्री बनेका हुन् ।‌

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro