site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

नेपालको संविधान, २०७२ को धारा १४ मा रहेको ‘गैरआवासीय नेपाली नागरिकता’को प्रावधान बल्ल कार्यान्वयन भएको छ ।संविधानअनुरूप हुनेगरी संशोधन गरिएको नागरिकतासम्बन्धी ऐन, २०६३ मा   लागु भएपछि यो प्रावधान कार्यान्वयनमा आएको हो ।

हुनत, गैरआवासीय नेपालीले नेपालमा भएको सम्पत्तिको उपभोग पनि पूर्ववत् गर्दै आएकै छन् । सामाजिक र सांस्कृतिक अधिकारमा त नेपालमा सम्भवतः कसैलाई पनि कानुनी वा सामाजिक छेकबार छैन । यसैले गैरआवासीय नागरिकताको प्रचलनले भावनात्मक सन्तुष्टिबाहेक थप खासै फरक नपर्न सक्छ ।

तैपनि गैरआवासीय नेपालीले विशेषगरी विदेशिएको पहिलो पुस्ताले नेपालको नागरिकताप्रति मोह देखाउँदै आएको थियो । मातृभूमिप्रतिको भावनात्मक लगावले उनीहरूले वैधता खोजेको हुनसक्छ । गैरआवासीय नेपाली नागरिकताबाट सम्भवतः उनीहरू अहिलेका लागि सन्तुष्ट पनि हुनेछन् ।

नागरिकतासँग राष्ट्रियतालाई जोड्ने र ‘ढुंगामाटो’मा राष्ट्रियता देख्ने जमातले नागरिकताका उदार प्रावधानको सधैँ विरोध गर्दैआएको छ । समाजको अनुदार समूहले गैरआवासीय नेपालीलाई ‘आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार’ उपभोग गर्न पाउनेगरी नागरिकता दिँदा पनि विरोध गर्न सक्छ । सरकार तिनले फैलाउन सक्ने भ्रम निवारणका लागि पनि सजग हुनुपर्छ ।

अर्कोतिर, विदेशी नागरिक भएर पनि नेपाली राजनीतिक दलका समर्थक र शुभेच्छुकका रूपमा देखिन रूचाउने गैरआवासीय नेपालीहरूका लागि यस प्रावधान पक्कै हौस्याउनेछ । फलस्वरूप, उनीहरूले ‘राजनीतिक अधिकारु पनि खोज्न थाल्नेछन् ।

त्यस अवस्थामा अहिले ‘नागरिकता दिलाएको’ जस लिन खोज्नेहरू आलोचनाको सामना गर्न भने तयार नहुन सक्छन् । यद्यपि, यस प्रावधानको जस वा अपजस नेपालको संविधान, २०७२ का पक्षधर सबैलाई जान्छ ।

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न यस प्रावधानबाट अपेक्षाकृत सहज भएमात्र यसको औचित्य पुष्टि हुनेछ । भारतलगायत संसारका धेरै देशमा गैरआवासीय जनसङ्ख्यालाई प्रोत्साहित गर्दा वैदेशिक लगानी जुटाउन सफलता मिलेको उदाहरण पनि छ । विश्वका करिब आधा देशमा यो वा त्यो प्रकारको दोहोरो नागरिकता प्रचलित देखिन्छ ।

गैरआवासीय नेपालीबाट विकसित मुलुकको प्रविधि र पुँजी भित्र्याएर नेपालमा रोजगारी र आमदानी बढाउन सहयोग पुग्नसक्छ । त्यस अवस्थामा नेपालको आर्थिक विकासमा उनीहरूबाट महत्त्वपूर्ण योगदान पुग्नेछ । त्यति भएमात्र ‘गैरआवासीय नेपाली नागरिकता’को प्रावधान सार्थक भएको मानिनेछ ।

गैरआवासीय नेपालीले नेपालीसरहको छुट र विदेशी सरह सुविधा खोज्ने वा लिने भयो भने त्यसबाट अर्थतन्त्रमात्र होइन राजनीतिमा समेत प्रत्युत्पादक प्रभाव पर्ने जोखिम पनि छ । नेपालभित्रको कालोधनको निर्मलीकरण र पुँजी पलायनका लागि गैरआवासीय नेपाली नागरिकताको दुरुपयोग पनि हुनसक्छ भन्नेमा सजग रहनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro