बाह्रखरी फोटो
-1697523917.jpg)
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका खसीबोका आजदेखि बिक्री सुरु गरेको छ ।
कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री सुरु गरिएको हो ।
कम्पनीले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० रुपैयाँ र च्यांग्रा प्रतिकेजी एक हजार २६० रुपैयाँ तोकेको छ । यो मूल्यमा १० रुपैयाँ छुट दिएको जनाएको छ ।
कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्